प्रहरी हिरासतमा मृत्यु भएका युवकको शव पाँच दिनपछि पोष्टमार्टम

काठमाडौं । प्रहरी हिरासतमा मृत्यु भएको युवकको शव पाँच दिनपछि पोष्टमार्टम भएको छ । इलाका प्रहरी कार्यालय बााह्रविसेको प्रहरी हिरासतमा साउन २२ गते मृत्यु भएको खडकबहादुर तामाङको शव शिक्षण अस्पताल महराजगञ्जमा पोष्टमार्टम भएको हो ।

प्रहरीको यात्नाले तामाङको मृत्यु भएको भन्दै परिवारजनका साथै स्थानीयवासीले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै आएका थिए । दोषीलाई कारबाहीको दायरामा ल्याउन पोष्टमार्टम रिपोर्ट नआएसम्म शव दाहसंस्कार नगर्ने अडानमा पिडित परिवार छन् ।

Back to top button