आज देशभर वर्षा हुने पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर वर्षा हुने पूर्वानुमान गरेको छ । मनसुनी न्यून चापीय रेखा तराई भूभाग नजिक रहेकोले देशभरि मेघगर्जन र चट्याङसहित वर्षा हुने विभागले पूर्वानुमान गरेको हो ।

आज राती कर्णाली प्रदेश बाहेकका सबै प्रदेशको केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले तटीय र पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

Back to top button