अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउनुपर्छ– सांसद अधिकारी

काठमाडौं । प्रतिनिधी सभा सदस्य खगराज अधिकारीले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

उनिहरुको तत्काल स्वदेश फिर्तीको ब्यवस्था शुरु नगरे सरकारलाई काम गर्ने नदिने चेतावनी दिनुभएको छ ।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै अधिकारीले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउनुपर्ने बताउदै यसको तुरुन्त ब्यवस्थापन गर्न माग गर्नुभएको हो ।

अधिकारीले फगानिस्तानमा तालिबानले आक्रमण गरीरहेका कारण मानिसहरु मरिरहेको र असुरक्षित भइरहेकोले आफ्ना नागरीकलाई तत्काल फिर्ता ल्याई जिवन रक्षा गर्नुपर्ने बताउनुभयो ।

Back to top button