जिल्ला प्रहरी कार्यालय सुनसरी अब नयाँ भवनमा

बिराटनगर। जिल्ला प्रहरी कार्यालय सुनसरी नवनिर्मीत कार्यालय भवन आज उद्घाटन भएको छ । नव निर्मीत कार्यालय भवन तथा आवास गृह को प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज एक समारोहको विच उद्घाटन गर्नुभयो ।

सो अबसरमा उहाँले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउनुभएको छ । उहाँले भवन आफैमा सबै चिज नभएको ,नयाँ भवन संग संगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा सहित काममा रुपान्तरण हुनु पर्ने बताउनुभयो ।उहाले भवन निर्माणमा सहयोग गर्ने ब्यक्तिहरुलाई प्रशंसा पत्र प्रदान गर्नुभयो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले उचित बासस्थानको भरपर्दो ब्यबस्था बिना नै काम कारवाही गरिरहेको प्रहरी लाई सुरक्षित बासस्थानले काममा सहज बनाउने बताउनुभयो ।

यस्तै ईनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले बिकास निर्माणको पहिलो आधार भनेकै शान्ति सुरक्षा रहेको हुँदा आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवार रहेको नेपाल प्रहरी पनि साधन श्रोतले सम्पन्न हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले भौतिक पुर्वाधारको अभाव र अपर्याप्ताले प्रहरी सेवाका कार्यहरुमा प्रतक्ष असर पर्ने भएकोले स्रोत साधन सम्पन्न हुदा प्रभाबकारी ढंगले काम हुने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको साँढे २ तले कार्यालय भवन तथा तिन तले आवास गृह ९ करोड, ७० लाख, ७२ हजार, ३२० रुपैयाँको कुल लागतमा निर्माण सम्पन्न भएको भएको हो ।

Back to top button