लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले चार दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहनुभएका केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ४२ जना सांसदको समर्थनसहित कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाउनुभएको थियो ।

बुधबार नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर दाबी पेश गर्न २४ घण्टाको समय दिनुभएको थियो ।

गठबन्धनमा नेपाली कांगेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३, जनमोर्चाका १ र १ स्वतन्त्र जना गरी ४२ जना सांसद छन् ।

गठबन्धनले आजै पाँच सदस्यीय मन्त्रीमण्डल बनाउँदैछ । आजै सपथ ग्रहणको कार्यक्रम रहेको छ ।

Back to top button