प्रदेश १ मा ९६९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ र १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९१, मोरङमा १३५, सुनसरीमा ११६, धनकुटामा २१, इलाममा १०, उदयपुरमा ६, संखुवासभामा ४, तेह्रथुममा २, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ५७, विर्तामोडमा ३५, कनकाईमा २१, भद्रपुर र मेचीनगरमा १९–१९, शिवसताक्षीमा १७, अर्जुनधारामा ९, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ५, हल्दिबारी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको हो ।

मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३३, केराबारीमा १०, पथरीशनिश्चरेमा ९, उर्लाबारीमा ८, बेलबारीमा ६, लेटाङ, रंगेली र कानेपोखरीमा ३–३, सुनबर्षी, रतुवामाई र स्थानीय तह नखुलेका २–२, बुढीगंगा, धनपालथान, कटहरी र ग्रामथानमा १–१ जनामा संक्रमण देखियो ।

सुनसरीको इटहरीमा ५७, धरानमा ३५, रामधुनीमा ८, बराहक्षेत्रमा ६, दुहवीमा ५, इनरुवामा ४, गढीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रिबासमा ६, छथर जोरपाटीमा ३, महालक्ष्मी, शहिदभूमी र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

इलामको इलाम नगरपालिका र चुलाचुलीमा ३–३, मांसेबुङमा २, सुर्योदय र रोङमा १–१, उदयपुरको चौदण्डीगढी र बेलकामा २–२, कटारी र त्रियुगामा १–१, संखुवासभाको खाँदबारीमा ३ र स्थानीय तह नखुलेका १, ते¥हथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७१० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४७ महिला र ३६३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Back to top button