लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुलप्रसादले लिए सपथ

बुटबल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले ५ मन्त्री पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुखख अमिक शेरचनले उहाँलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री केसीसँगै ५ जना मन्त्रीले पनि पद तथा गोपनीयताको सपथ लिनुभएको छ । ग्रामीण तथा शहरी विकास मन्त्रीमा कांग्रेसका डिल्ली चौधरी, भौतिक पुर्वाधार मन्त्रीमा जसपाका सहसराम यादव र विना विभागी मन्त्रीमा माओवादीका कृष्णध्वज खड्का, जसपाका सुमन शर्मा रायमाझी र पूर्णमती ढेंगाले सपथ लिनुभएको हो ।

अल्पमतमा परेका एमालेका संसदीय दलका नेता शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजिनामा दिनुभएको थियो । उहाँको राजिनामा पछि प्रदेश प्रमुख शेरचनले सरकार गठनका लागि आह्वान गरेपछि ४२ प्रदेश सांसदको हस्ताक्षरसहित केसीले दाबी पेस गर्नुभएको थियो । प्रदेश प्रमुख शेरचनले आज केसीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

Back to top button