प्रदेश सांसदबाट राजिनामा दिएका एमालेका डाँगी मुख्यमन्त्रीका प्रमुख सल्लाहकार

बुटबल । मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथ ग्रहणपछि बसेको पहिलो बैठकले प्रदेश सांसदबाट राजिनामा दिएका एमालेका अम्मरबहादुर डाँगीलाई मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।

एमालेका डाँगीले बैसाख २२ गते प्रदेश सांसदबाट राजिननामा दिएपछि तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो । मन्त्रिपरिषदको पहिलो बैठकले क्यान्सर, मिर्गौला र मुटु रोगीलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको लुम्बिनी सरकारले जनाएको छ ।

Back to top button