बेल्जियम स्ट्राइकर लुकाकु किर्तिमानी मूल्य लिएर चेल्सीमा

काठमाडौं । बेल्जियमका २८ वर्षीय स्ट्राइकर रोमेलु लुकाकुलाई इंग्लिस क्लब चेल्सीले ९७ दशमलव ५ मिलियन पाउण्डमा ५ वर्षका लागि अनुबन्ध गरेको छ । लुकाकु इटलीको इन्टर मिलानबाट चेल्सीमा फर्किनुभएको हो ।

यसै सिजनमा म्यानचेस्टर सिटीले कीर्तिमानी १ सय मिलियन पाउण्डमा ज्याक ग्रेलिसलाई अनुबन्ध गरिसकेको छ । १० वर्ष अघि लुकाकु १८ वर्षको उमेरमा चेल्सीमा प्रवेश गरेका थिए । उनले बच्चामा धेरै कुरो सिकेका चेल्सीको सफलतामा सहयोगी बन्न पुनः आइपुगेकोले उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ ।

Back to top button