मन्त्री बनेका शाहीमाथि एमालेको कारवाही शुरु

बुटवल । विपक्षी गठबन्धनलाई सरकार बनाउन सहयोग गरेको आरोपमा मन्त्री बनेका सांसद अजय शाहीलाई नेकपा एमालेले कारवाही प्रकृया अगाडी बढाएको छ ।

नेकपा एमालेले ४ दलीय गठबन्धनलाई सघाउँदै मन्त्री बनेका शाहीलाई कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ।

एमालेले आफ्नो चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाको सूर्य चिन्हबाट जितेकी विमला वलीले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेपछि कारवाही प्रक्रिया अघि बढाएको एमाले सचेतक भूमिश्वर ढकालले बताउनुभयो ।

ढकालले शाहीलाई लिखित स्पष्टीकरण सोधेको र वलीलाई पार्टी अध्यक्ष केपी ओलीले पठाएको स्पष्टीकरण यसअघि नै बुझाएको जानकारी दिनुभयो ।

हृदयेश त्रिपाठीनिकट शाहीले आफु सूर्य चिन्हबाट चुनाव लडेपनि स्वतन्त्र सांसद रहेकाले गठबन्धनमा सहभागी भएको बताउनुभयो ।

सूर्य चिन्हबाट चुनाव जितेपनि स्वतन्त्र सांसद भएकोले गठबन्धनलाई समर्थन गरेको भन्दै मन्त्री शाहीले एमालेले आफुलाई कारबाही गरे अदालत जाने बताउनुभयो ।

Back to top button