रेड पान्डाको छालासहित तिन जना पक्राउ

कपिलवस्तु ।सरक्षित बन्यजन्तु रेड पान्डाको छाला सहित प्रहरीले कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट तिन जनालाई पक्राउ गरेको छ ।

सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजको कोठा नम्बर १०४ बाट २ थान रेड पान्डाको छाला र १ थान रेड पान्डाको पुच्छरसहित ३ जनालाई हिजो साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–५ का २९ वर्षीय खगेन्द्र पुरी, सोही ठाउँ बस्ने ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरभ राजवंशी रहेको छन ।

लजमा रेड पान्डाको छाला कारोबार भइरहेको सुचना प्राप्त भएपछि गएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

अति दुर्लभ वन्यजन्तु रेड पान्डा को छाला सहित पक्राउ परेकालाई वन्यजन्तु संरक्षण ऐनअनुसार मुद्दा चलाइने छ ।

संरक्षित बन्यजन्तु भएकाले रेड पान्डा मार्नु र यसका अंगहरू बेच्नु गैरकानुनी मानिन्छ। नेपालको हिमाली क्षेत्र ताप्लेजुङ रेड पान्डा संरक्षित क्षेत्र हो ।

Back to top button