गोर्खा सैनिकका मागबारे वार्ताका लागि सरकारले पहल गर्नुपर्छ–डा. संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले गोर्खा सैनिकहरुको मागबारे सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बाल्दै डा. संग्रौलाले उनीहरुको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य भएकोले बेलायतसँग वार्ताको लागि तत्काल पहल शुरु गर्न आग्रह गर्नुभएको हो ।

संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै एक साता यता लन्डन स्थित ब्रिटिश प्रधानमंत्री कार्यालय नजिकै आन्दोलनमा आमरण अनशनमा बसीरहेको बताउदै उहाँले नेपाल सरकारले तत्काल कूटनीतिक पहल गरी वार्ता समिति गठन गर्न, वार्ताको मिति र स्थान तोक्न पहल गर्न आग्रह गर्नुभयो ।

समान पेन्सनको माग गर्दै भूतपूर्व बेलायती सैनिकहरु बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनशनमा बसेका छन् ।

Back to top button