बाँदर धपाउने क्रममा छर्राले लागि नाती घाइते , भरुवा बन्दुक सहित हजुरबा पक्राउ

विराटनगर । सुनसरी बराहक्षेत्र नगरपालिका १ का ६३ बर्षीय बरम बहादुर राईलाई एक थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।

बाँदर धपाउने क्रममा गत साउन २६ गते गोली हान्दा छर्राले लागेर उनकै नाती १३ बर्षीय अभिषेक राई घाइते भएका थिए ।छर्राले लागी घाईते भएका अभिषेकको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

घटना सार्वजनिक भएपछि प्रहरीले उनलाई खोजि गरीरहेको थियो । राईलाई प्रहरीले विराटनगरबाट हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

मोरङ प्रहरीले पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा बुझाएको छ ।

पक्राउ परेका राईको घर भित्र प्रहरीले खोजतलास गर्दा लुकाई राखेको राखेको एक नाल भरुवा बन्दुक फेला पारेको हो ।

राईलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Back to top button