‘ज्येष्ठ नागरिक’लाई घर–घरमा पुगेर कोभिडको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। सर्वोच्च अदालतले ‘ज्येष्ठ नागरिक’ लाई घर–घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश दिएको छ ।

अधिबक्ता प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गरेर रिट, निवेदन दर्ता गराउनुभएको थियो । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले आज सो आदेश दिएको हो ।

खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरुलाई घर–घरमा खोप सेवा दिन अदालतले अन्तरिम आदेश दिएको हो ।

अदालतले यस्ता ब्यक्तिहरुलाई राज्यले वडास्तरबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घर–घरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रमको समय र तालिका बनाई सूचना गरेर कार्यक्रम सञ्चालन गर्नु गराउनू भनी आदेश दिएको छ ।

Back to top button