प्रदेश १ मा ७६९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ र १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, सुनसरीमा १०८, मोरङमा १०४, धनकुटामा १२, इलाममा ११, तेह्रथुममा ५, संखुवासभा र भोजपुरमा ४–४, उदयपुरमा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा २९, विर्तामोडमा २६, भद्रपुरमा २४, कनकाईमा २१, अर्जुनधारामा ११, मेचीनगरमा ६, शिवसताक्षीमा ५, गौरादह र कमल गाउँपालिकामा ४–४, बुद्धशान्तिमा ३, हल्दिबारी, बाह्रदशी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

सुनसरीको इटहरीमा ५५, धरानमा ४१, इनरुवा, रामधुनी र बराहक्षेत्रमा ३–३, दुहवी, गढी र बर्जुमा १–१, मोरङको विराटनगरमा ४१, बेलबारीमा १८, उर्लाबारी र पथरीशनिश्चरेमा १३–१३, बुढीगंगा र मिक्लाजुङमा ४–४, लेटाङ, सुन्दरहरैचा र ग्रामथानमा २–२, केराबारी, कानेपोखरी, रंगेली, रतुवामाई र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखियो ।

धनकुटाको धनकुटा नगरपालिकामा १० र पाख्रिवासमा २, इलामको इलाम नगरपालिकामा ५, चुलाचुली, सुर्योदय र स्थानीय तह नखुलेका २–२, तेह्रथुमको म्याङलुङमा ४ र फेदापमा १, संखुवासभाकोे खाँदबारी र धर्मदेवीमा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ३ र ट्याम्के मयुङमा १, उदयपुरको त्रियुगामा २ र स्थानीय तह नखुलेका १, पाँचथरको फाल्गुनन्द र फिदिममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ सय महिला र ३७५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालउले जनाउको छ ।

Back to top button