विश्व बैंकले मोर्डनाको ४० लाख खोप नेपालका लागि खरिद गरिदिने

काठमाडौं । विश्व बैंकले नेपालको लागि कोभ्याक्स संयन्त्रमार्फत कोरोनाविरुद्धको ४० लाख डोज मोर्डना खोप खरिद गरिदिने भएको छ । विश्व बैंक र गाभी संयन्त्रबीच ४ मिलियन डोज मोर्डना खोप खरिदबारे सम्झौता गरेको हो ।

सन् २०२२ को मार्चदेखि खोपको आपूर्ति सुरु हुने विश्व बैंकले जनाएको छ । १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीका लागि मोर्डना खोप प्रभावकारी रहेको छ ।

Back to top button