अफगानिस्तानमा तिब्रतर प्रभाव बढाउँदै तालिवान, १९ प्रान्त नियन्त्रणमा

विराटननगर । अफगानिस्तानमा विद्रोही समूह तालिवानले आफ्नो प्रभावलाई तिब्रतर बढाउँदै लगेको छ । उसले अफगानिस्तानका ३४ मध्ये १९ वटा प्रान्तलाई आफ्नो नियन्त्रणमा लिइसकेको दावी गर्दै आएको छ ।

तालिवानले राजधानी काबुललाई नियन्त्रणमा लिने उद्देश्यका साथ नजिकैको अर्को प्रान्त लोगरको राजधानी फूल–ए–आलमसम्म आफ्नो पकड बनाउन सफल भएको छ । जुन राजधानी काबुलबाट करिब ५० किलोमिटरको दुरीमा पर्छ ।

हिजोसम्म तालिवानले कन्दाहार र लश्कर गाहसहित निमरोज, जव्ज्जान, सर्पिल, तखारी, कुन्दुज, समनगन, फराह, बगलान, बदख्शन, गजनी, हेरात, बदघिश, कन्दाहार, हेलमन्द, घोर ऊरुजगान, जाबूल, लोगर र पक्तियालगायतका १९ प्रान्तका राजधानी कब्जा गरिसकेको छ ।

तालिवानको प्रभाव बढ्दै जाँदा स्थानीय जनतामा अन्यौलत छाएको छ । अनेक अड्कबलबाजी भइरहेका छन् । कसैले राष्ट्रपति असरफ घानीले राजीनामा दिने बताइरहेका छन् भने कोहीले तालिवानसँग थप शसक्त ढङ्गले लड्ने बताइरहेका छन् ।

यहिबेला राष्ट्रपति घानीले राष्ट्रिय सुरक्षालाई लिएर उच्चस्तरीय बैठक गर्दै तालिवानसँग मजबुतीका साथ लड्ने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अफगानिस्तानमा चर्केको द्धन्द्धका कारण पछिल्लो एक महिनामा मात्र १ हजारजना भन्दा बढीले ज्यान गुमाइसकेको अन्तर्रािष्ट्रय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।

Back to top button