स्याललाई हानेको बन्दुक छोरालाई लागेपछि…

बुटवल। स्याललाई हानेको बन्दुक आफ्नै छोरालाई लागेपछि पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ काजुठापौवाका कर्णबहादुर लम्तरी संकटमा पर्नुभएको छ ।

५६ वर्षीय लम्तरीले दिनहुँजसो दुख दिने स्याललाई ताकेर बन्दुक चलाउनुभएको थियो । तर उहाँले चलाएको गोली लागेर ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको हो ।

कर्णबहादुरले हिजो बेलुका मकै बारीमा आएको स्याललाई ताकेर भरुवा भन्दुक पड्काउनुभएको थियो । तर घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका छोरा धनबहादुरलाई लाग्न पुगेको हो ।

भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुशार गोली चलाउने कर्णबहादुरलाई बन्दुकसहित नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।

Back to top button