सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।

सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २४ लाख १९ हजार ८ सय ४८ वटा आवेदन मध्ये योग्य आवेदनहरु २३ लाख ०८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरेको हो ।

आवेदन दिएका मध्ये ५ हजार ४ सय ३४ दोहोरो आवेदनका कारण र अन्य कारणले १ लाख ०६ हजार २ सय ९२ आवेदन रद्द भएका छन् ।

प्रभु क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई श्रावण २० गते देखि २४ गते सम्म सार्वजनिक निष्काशन खुला गरिएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर निष्काशन गरिएको कूल शेयर ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख कित्ता छुट्याईएको थियो ।

बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो । जसमध्ये करिब ४ दशमलव ४८ गुणासम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड गरिएको हो ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट र तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।

Back to top button