अपमान सहेर बस्न सकिदैन : नेता नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र देखिएको गलत प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष गरिराख्ने बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित ‘कम्युनिष्ट आन्दोलनमा अवसरवाद’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै गलत प्रवृत्ति विरुद्ध सदैव लड्ने र उपाध्यक्ष वामदेव गौतमजस्तो अपमान सहेर नबस्ने बताउनुभयो ।

उहाँले दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्काउबाट जोगिन आवश्यक रहेको भन्दै अहिले आवश्यकता पनि यहि रहेको बताउनुभयो ।

अध्यक्ष केशी शर्मा ओलीतर्फ इङ्गित गर्दै नेता नेपालले अहंकार, व्यक्तिवाद र स्वार्थ हावी हुँदा पार्टी भित्र अनेक समस्या आएको बताउनुभयो ।

उहाँले पार्टीभित्रका यस्ता समस्यालाई समाधान गर्ने हो भन्दै त्यहि प्रवृत्तिलाई सहयोग पुगने काम गर्न नसकिने जिकिर गर्नुभयो । नेता नेपालले समाजवादको लक्ष्य बोकेको कम्युनिष्ट पार्टी भित्र सत्तामा पुग्नासाथ जिम्मेवारी भुल्ने समस्या देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अवसरवादको कारणले कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको छ, सत्ताको मात मौलाएको छ।’

Back to top button