प्रचण्डका कारण अस्थिरता सृजना : शंकर पोखरेल

बुटवल । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा अस्थिरता सृजना भएको आरोप लगाउनुभएको छ ।

आज दाङमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रचण्डमा अस्थिरता, अवसरवाद र महत्वाकांक्षाको संयोजन रहेको टीप्पणी गर्नुभयो । उहाँले प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति अझै नछाडेको बताउनुभयो ।

कम्युनिष्ट आन्दोलनलाई सार्थक बनाउँदै देशमा स्थिरता कायम होस भन्न आफूहरुले भरोसाका साथ चुनावी गठबन्धनहुँदै पार्टी एकता गरे पनि प्रचण्डका कारण त्यो सम्भव नभएको बताउनुभयो ।

‘ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको निती अझै कायम रहेछ’, नेता पोखरेलले पछिल्लो समयमा पनि प्रचण्डले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोशिश गरेको आरोप लगाउनुभयो ।

Back to top button