भूपू गोर्खाको आन्दोलनप्रति वेलायती विपक्षी पार्टीको समर्थन

काठमाडौं । बेलायती प्रधानमन्त्री निवास अगाडि आमरण अनशनमा बसेका भूपू गोर्खाको आन्दोलनप्रति विपक्षी दल लेबर पार्टीले समर्थन जनाएको छ । लेबर पार्टीले बेलायती सेनासँगै लडेका गोर्खाहरुको असमान पेन्सनको अपमानजनक समस्या अन्त गर्न बोरिस जोन्सन नेतृत्व सरकारलाई ध्यानाकर्षण गराउँदै आन्दोलनप्रति समर्थन जनाएको हो ।

गोर्खाहरू २ सय वर्षदेखि बेलायतको सेवा गर्दै आएकाले उहाँहरुको मुद्दाप्रति चासो हुनु स्वभाविक भएको लेबर पार्टीका सांसद मोर्गनले सञ्चारमाध्यमहरुलाई बताउनुभएको छ । उहाँले बेलायती सरकारले यो अपमानजनक विभेद अन्त्य गर्ने कुरा दुई वर्षअघि नै गरे पनि हालसम्म हुन नसक्नु दुःखद भएको बताउनुभयो ।

बेलायतको सेवा गर्ने गोर्खाहरु न्यायका लागि मृत्यु वरण गरे बेलायती इतिहासमा कालो धब्बा लागने भएकाले गोर्खाहरुको आन्दोलनको पक्षमा उभिएको मोगर्नले बताउनुभयो ।

Back to top button