लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन भदौ १ गते आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने

बुटबल । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारको सिफारिसमा भदौ १ गते हिउँदे अधिवेशन आह्वान गर्नु भएको छ । प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभा सचिवालयलाई पत्र पठाएर अधिवेशन आह्वान गरेको हो ।

नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले हिउँदे अधिवेशनमा सदनबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको केसीले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ ।

Back to top button