अफगाानिस्तानका राष्ट्रपति घानीले देश छाडे

काठमाडौं । तालिबानी बिद्रोहीले अफगानिस्तानको राजधानी चौतर्फी घेराबन्दी गरेर आक्रमणको तयारी गरेपछि राष्ट्रपति असरफ घानीले देश छाड्नुभएको छ । राष्ट्रपति घानी अफगानिस्तान छाडेर काजिकिस्तान पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।

अपगानिस्तानका उपराष्ट्रपति अमरुल्ला सलेहले पनि देश छाडेर पलायन गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । तालिवानीहरुले काबुलमा रक्तपातबिना नै सत्ता हस्तान्तरणका लागि पहल गरिरहेको जनाएको छ ।

अमेरिकी सेना अफगानिस्तान छोडेको १० दिनमा नै प्रमुख सहरहरु कब्जा गरेर तालिबानी बिद्रोहीले काबुल कब्जा गर्ने तयारी गरेपछि राष्ट्रपति र उपराष्ट्रपतिले राजिनामा दिएर देश छाड्नुभएको छ ।

Back to top button