डाका मुद्धामा फरार १६ बर्षपछि पक्राउ

विराटनगर । धनकुटा अदालतले कैद फैसला सुनाएको सोह्र बर्षपछि प्रहरीले डाका मुद्धाका एक फरार अपराधी पक्राउ गरेको छ ।

दुई बटा डाका मुद्धामा सजाय सुनाइएका फरार पदम विश्वकर्मालाई प्रहरीले मोरङको मिक्लाजुङ टाँडीबाट पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको छ ।

धनकुटा जिल्ला अदालतले २०६२भदौ १४ गतेको फैसलाले डाका मुद्दामा ६ बर्ष कैद र पैतालिस हजार जरिवाना र २०६२अजोज ११ गतेको फैसलाले ९ बर्ष कैद र एक लाख पच्पन्न हजार पाँचसय पचास जरिवाना गरी कुल १५ बर्ष कैद र दुई लाख पाँच सय पचास जरिवाना ठहर भएको थियो ।

प्रहरीले गएको साउन २९ गते पक्राउ गरी मोरङ जिल्ला अदालत बुझाईएकोमा कारागार चलान भएको मोरङ प्रहरीका प्रबक्ता डिएस्पी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

Back to top button