प्रदेश २ प्रमुखमा मिश्रको आगमन, झाको बहिर्गमन

विराटनगर । प्रदेश २ प्रमुखमा कांग्रेसका नेता हरिशंकर मिश्रको आगमन भएपछि राजेश झाको बहिर्गमन भएको छ । सरकारले मिश्रलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफरिस गरेको हो ।

महोत्तरीको पिपरा गाउँपालिका ३ का ७६ वर्षीय मिश्र बीपी कोइराला नेतृत्व सरकारका उद्योग बाणिज्य मन्त्री रामनारायण मिश्रका जेठो छोरा हुनुहुन्छ । बीपीसँगै रामनारायण मिश्र सुन्दरीजेलमा परेपछि हरिशंकर बाल्यकालमै राजनीतिकमा प्रवेश गर्नुभएको थियो । उहाँले कांग्रेसबाट २०४६ सालमा प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

Back to top button