ठाकुरको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्विकार

काठमाडौं । निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टीको आधिकारिकताका लागि सर्वोच्च अदालत पुग्नुभएको महन्थ ठाकुरलाई निरासा हात लागेको छ । सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।

न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ठाकुरको निवेदनमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्विकार गरेको छ । निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ ।

Back to top button