प्रदेश १ सहित चार वटा प्रदेशमा वर्षाको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रदेश १ लगायत चार वटा प्रदेशमा वर्षाको सम्भावना रहेको जननाएको छ । न्यून चापीय रेखा तराइ नजिक रहेकाले आज देशभरि बदली रहने र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा वर्षाको सम्म्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्यांगसहित भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । वर्षाका कारण तटीय र पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Back to top button