एमाले फुटाउन ल्याउन लागिएको दल विभाजनसम्बन्धी विधेयक मान्य हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमाले फुटाउने उद्देश्यले दल विभाजनसम्बन्धी विधेयक ल्याउन लागिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

गएराती बालकोटमा नेताहरुसँगको छलफलपछि अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तीमा कुनैपनि हालतमा एमाले फुटाउने षडयन्त्रका साथ ल्याउन लागेको दल विधाजनसम्बन्धी विधेयक मान्य नहुने उल्लेख छ ।

‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यहरुलाई पार्टी विभाजनका लागि भइरहेको षडयन्त्रका विरुद्धमा एक ढिक्का भई उभिनु पर्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘हामी सबै एकजुट भएर पार्टीलाई फुट्नबाट जोगाउनु नैतिक कर्तव्य हो ।’

Back to top button