आजबाट देशभर स्मार्ट लकडाउन

काठमाडौं । कोराना सङक्रमण बढ्दै गएपछि आजबाट देशभर स्मार्ट लकडाउनको कार्यविधि लागू भएको छ । यही कार्यविधिको आधारमा जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय निकायहरुमा स्मार्ट लकडाउनको आदेश लागू गर्न सक्नेछन् ।

जहाँ संक्रमण बढी छ, सम्बन्धित जिल्ला वा स्थानीय तहले नै लकडाउन गर्न सक्ने अवधारणा नै स्मार्ट लकडाउन हो ।

अहिलेसम्म हुँदै आएका लकडाउन  जिल्ला प्रशासन कार्यालयमार्फत नै गर्दै आएको भए पनि केन्द्रको नियन्त्रण रहँदै आएको छ। अब हुने लकडाउनमा जिल्लाले स्वयं अवस्था हेरेर निर्णय गर्न सक्छ। स्मार्ट लकडाउनको अवधारणाअनुसार जहाँ कोरोना संक्रमण बढ्छ, त्यहाँ लकडाउन हुन्छ, जहाँ घट्छ, खुला हुँदै जान्छ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का प्रवक्ता नूरहरि खतिवडाले भदौ १ गतेदेखि मुलुकका ७७ वटै जिल्लामा कार्यविधि लागू भएको बताउनुभयो ।
जसअनुसार मुलुकलाई संक्रमण दर, मृत्युदर, स्वास्थ्य पूर्वाधारको अवस्था र बिरामीको चाप हेरेर रेड, एम्बर, एल्लो र ग्रीन जोनमा विभाजित गर्ने गरिनेछ ।

रेडजोनमा समावेश भएका जिल्ला, महानगर, पालिकामा पूर्णरुपमा निषेध गर्ने र अन्य रङलाई गाइडलाइनको आधारमा निषेधाज्ञा खुकुलो बनाउने सीसीएमसीको तयारी छ ।प्रवक्ता खतिवडाले हालसम्म अनुमानको आधारमा लकडाउन गरिदै आएकोमा स्मार्ट लकडाउनमा तथ्य र वैज्ञानिक ढंगले स्मार्ट लकडाउन गरिने जानकारी दिनुभयो ।

Back to top button