राजनीतिक दल सम्बन्धी अध्यादेश जारी ,२० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने

काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गरेको छ ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गरेको हो । संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान सहित अध्यादेश जारी गरेको हो ।

नेकपा एमाले अध्यक्ष केपी ओली लगायतले पार्टी फुटाउन सघाउ पुर्याउने गरी अध्यादेश ल्याउन लागेको भन्दै विरोध गरीरहेको सन्दर्भमा आजै अध्यादेश जारी गरेको हो । अध्यादेश प्रमाणिकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाइने छ ।

यसैविच मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतलनिवास जानुभएको छ। अध्यादेश प्रमाणीकरण लगायत विषयमा परामर्शसमेत गर्नेगरी देउवा आफैं शीतल निवास जानुभएको बताइएको छ ।

Back to top button