दल विभाजन सम्बन्धि अध्यादेश कांग्रेसका लागि महङ्गो हुनेछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न सरकारले ल्याएको अध्यादेशले नेपाली कांग्रेसका लागि महङ्गो सावित हुने बताउनुभएको छ ।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले एमाले फुटाउन खोज्दा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘गठबन्धनले ऐतिहासिक भनेको सर्वोच्च अदालतको फैसलाको समेत अध्यादेशले अवहेलना गरेको छ ।’

यस्तै नेकपा एमाले संसदीय दलको बैठकले तीन दिनभित्र संसदको बैठक बोलाउन माग गरेको छ । संसदमा छलफल गर्नुपर्ने धेरै विषय हुँदाहुँदै पनि सरकारले हठात् संसद् अन्त्य गर्नुलाई एमालेले गम्भिर रूपमा लिएको प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।

Back to top button