पार्टी विभाजनप्रति दोस्रो तहका नेताको असहमति, नेकपा एमालेमा नै रहने

काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरुले पार्टी विभाजनको अवस्थामा आइपुग्दा माधवकुमार नेपाललाई साथ दिन नसक्ने प्रतिकृया दिएका छन् ।

नवौं महाधिवेशनदेखि नेकपा हुँदै आजसम्म माधव नेपाललाई साथ दिएका स्थायी कमिटी सदस्यहरू पार्टी विभाजन गर्ने निर्णयमा भने असहमति जनाउँदै एमालेमा नै रहने बताएका छन् ।

नेकपा एमाले समाजवादी दर्ता गर्ने प्रक्रिया अन्तिममा पुगेका बेला यसअघि वार्ता कार्यदलमा रहेकासहित नेपाल निकट स्थायी कमिटी सदस्यहरूले पार्टी विभाजनमा साथ नदिने भन्दै हस्ताक्षर गर्न अश्वीकार गर्नुभएको हो ।

केपी ओलीसँग जति असहमति र संघर्ष गरे पनि पार्टी विभाजन गर्न हुँदैन भन्नेमा स्थायी कमिटीका नेताहरू लगभग एकमत देखिनुभएको छ ।

Back to top button