बालकोटमा ओली र भुसालबीच वान टु वान वार्ता

काठमाडौं । माधवकुमार नेपालको साथ छोडेका एमालेका उपमहासचिव घनश्याम भुसालले एमालेको औपचारिक विभाजनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वान टु वान वार्ताका लागि बालकोट पुग्नुभएको छ ।

पार्टीलाई फुट्नबाट जोगाउन अन्तिम समयसम्म पहल गरेका भुसालले १० बुंदे सहमति गर्नुका साथै त्यसको कार्यान्वयनका लागि अन्तिम समयसम्म पहल गर्नुभएको थियो । अन्ततः पार्टी फुटेपछि उहाँले अध्यक्ष ओलीसँग वार्ताका लागि बालकोट पुग्नु भएको हो ।

Back to top button