पहिरो पन्छाउन गएका लामिछानेको पुरिएर मृत्यु

नुवाकोट । बेलकोटगढी नगरपालिका ५ लामाचउरस्थित विष्णुप्रसाद लामिछानेको घरमाथिको डाँडाबाट पहिरो खसिरहेको थियो । पहिरोले घरमा क्षति पुर्याउने भनेर उहाँ राती अढाई बजेतिर घरको करेसाबारीमा खसेको पहिरो पन्छाउन जानुभएको थियो । पहिरो पन्छाउने क्रममा माथिबाट खसेको थप पहिरोमा पुरिएर ४३ वर्षीय लामिछानेको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरो निरन्तर खस्ने क्रम नरोकिएकोले उहाँको घरसमेत पहिरोले पुरिने जोखिम रहेको जिल्ला प्रहरी नुवाकोटले जनाएको छ । पहिरोको उच्च जोखिम रहेकोले त्यस क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको हो ।

Back to top button