आज देशभरि सामान्य बदली रहने पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले आज देशभरि सामान्य बदली रहने पूर्वानुमान गरेको छ । विभागले केही स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

न्युन चापीय रेखा नेपालभन्दा केही दक्षिण सरेको र बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेको छ । विभागले आज बिहान देशभरि सामान्य बदली रहनुका साथै बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको जनाएको छ ।

विभागले आज दिउँसो देशभर सामान्य बदली रहनुका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्यांगसहित भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

आज राति प्रदेश १, प्रदेश २, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Back to top button