दल बिभाजन अध्यादेशविरुद्ध सर्वोच्चमा ६ वटा रिट दर्ता

काठमाडौं । सरकारले ल्याएको दल बिभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट दायर भएको छ । अधिवक्ता अर्जुनकुमार अर्याल र सकुन्तला भुसाल, अधिवक्ता निकेशकुमार लम्साल र अनुपा अर्याल, अधिवक्ता प्रवेश केसी, अधिवक्ता श्रीकान्त बराल, अधिवक्ता दलबहादुर धामी र अधिवक्ता सरोज बुढाथोकी र आशिष श्रेठले छुट्टाछुट्टै रिट रिट दायर गर्नुभएको हो ।

संसद अधिवेशन अन्त्य गरेर सरकारले संसदीय दल र केन्द्रीय समितिको २० प्रतिशत संख्याले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश भदौ २ गते ल्याएको छ ।

उक्त अध्यादेशका आधारमा माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जसपा लोकतान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराउनु भएको छ ।

Back to top button