शर्मा सचिवमा बढुवा

काठमाडौं । मन्त्रिपरिषदको आज बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले शर्मा, सहसचिव राजकुमार श्रेष्ठ र रबिलाल पन्थको नाम सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । उहाँहरु तीनै जनामध्ये पहिलो नम्बरमा सिफरिस भएका शर्मालाई सरकारले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

Back to top button