जिल्ला सहकारी संघ दोलखाले स्थापना दिवशको अबसरमा संघमा आबद्ध संस्था र विभिन्न ब्यक्तिहरुलाइ सम्मान घोषणा

जिल्ला सहकारी संघ लि दोलखाले संघको २९ औ स्थापना दिवशको अवसरमा संघमा
आवद्वता रहेका संघ÷संस्थाहरुलाईलाई सम्मान घोषणा भएको छ । आज एक
कर्यक्रम गरी संघका उपाध्यक्ष देवि प्रसाद शर्माले घोषणा गर्नु भएको हो
।सम्मान हुनेमा जिल्लाको उत्कृष्ट ब्यवस्थापक आन्नददायीक बहुउद्देश्ययि
सहकारी संस्था लिमिटेड का तारा बहादुर बस्नेत हुनु भएको छ भने जिल्लको
उत्कृष्ट कर्मचारी परुष तर्फ जनमुखी बचत तथा ऋण सहकारी संस्था लि का लेखा
प्रमुख नकुल घिमिरे र महिला तर्फ मिलिजुलि कालिञ्चोक बचत तथा ऋण सहकारी
संस्था लि लेखा साहायक ईन्दिरा दहाल सम्मानित हुनु भएको छ । त्यस्तै संघमा
उत्कृष्ट कारोबार गर्न बैतेश्वर गा पा ५ मा रहेको जनसचेतन बचत तथा ऋण सहकारी
संस्था लि उत्कृष्ट भएको छ । सहकारी मार्फत उत्कृष्ट व्यवसाय गर्न भिमेश्वर
बहुउद्देश्ययि सहकारी संस्था लिमिटेड सम्मानित भएको छ ।उक्त सहकारीले हाल
दाना उधोग सञ्चालनमा ल्याएको छ । संघले पूर्व सञ्चालक सम्मानमा यस वर्ष
दोलखा जिल्ला गौरीशंखर गा पामा रहेको जनउपकार बचत तथा ऋण सहकारी संस्था
लिका संस्थापक अध्यक्ष र जिल्ला सहकारी संघ लिका पूर्व सञ्चालक स्व पुस्कर बहादुर
खड्कालाई सम्मान गर्न भएको छ । संघले जिल्लको उत्कृष्ट सहकारीकर्मी यस
वर्ष जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि निर्वतमा अध्यक्ष,वागमति प्रदेश सहकारी
संघ लिका महसचिव भिम प्रसाद दहालाई सम्मान गर्न भएको छ ।संघले असलि ऋण
जुनतारा कृषि सहकारी संस्था लिलाई सम्मान गर्न भएको छ । नियमित कारोबार
तर्फ सिर्जना बचत तथा ऋण सहकारी संस्था लि लिलाई सम्मान गर्न भएको छ ।
सञ्चारकर्मी तर्फ रेडियो शैलुङ्गका स्टेसन म्यानेजर विनिता शिवाकोटीलाई सम्मान गर्ने भएको छ ।जिल्लाको उत्कृष्ट महिला सहकारी संस्थामा परोपकार
महिला बचत तथा ऋण सहकारी संस्था लि.लाई सम्मान गर्न भएको छ । प्राविधिक
सहयोग सयपत्रि बचत तथा ऋण सहकारी संस्था लि सम्मान गर्न भएको छ । सम्मानि
हुने व्यक्तिलाई नगद,प्रमाण पत्र,दोसल्लाले सम्मन गर्न र संस्थाहरुलाई
प्रमाण पत्र, प्रशंशा पत्रले सम्मन गर्न संघका अध्यक्ष हेमन्त चौलागाईले
बताउनु भयो ।सम्मान वितरण संघको १६औ साधारण सभामा वितरण गर्न छ
।कोरोनाको महामारीका कारणले गस वर्ष स्थगित भएको सम्मान कार्यक्रमा यस वर्ष
संघको स्थापना दिवशको अवसर पारेर घोषण गरिएको हो ।

Back to top button