भारतीय साहित्य अवार्डबाट तीन नेपाली पुरस्कृत

विराटनगर । भारतीय साहित्य अवार्डबाट झापाका तीन जना नेपाली साहित्यकार पुरस्कृत हुनुभएको छ । विश्व अंग्रेजि साहित्यमा गरेको योगदानको कदर गर्दै झापाका साहित्यकार खेमलाल पोखरेल, तोयानाथ चापागाई र विष्णुप्रसाद भट्टराईलाई भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत गरेको हो ।

भारतको ५७ औं स्वतन्त्रता दिवसको अवसरमा विश्व अङ्ग्रेजी साहित्यकारको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकेडेमीले संयुक्तरूपमा उक्त अवार्ड प्रदान गरेको हो ।

Back to top button