एमाले सांसदद्धारा पार्टीले कारबाही गरेका सांसदको कारबाहीको सूचना टास गर्न माग

काठमाडौं । एमालेका संसादहरुले पार्टीले कारबाही गरेका १४ जना सांसदको कारबाहीको सूचना टास गर्न माग गरेका छन । आज सभामुख अग्नी सापकोटालाई भेटेर उनिहरुले चाडो कारवाहीको सुचना टास गर्न माग गरेका हुन ।

सभामुख सापकोटालाई सूचना टासबारे ढिलाइ भएको भन्दै ध्यानकर्षण गराएको एमाले सांसद गोकुल बाँस्कोटाले बताउनुभयो । एमालेका सांसदहरु सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्षमा भेटी दवाव दिएका हुन ।

सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी, गोकुल बाँस्कोटा, कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, विमला विश्वकर्मा, गोमा देवकोटा, सूर्य पाठक लगायतको टोलीले सभामुखलाई भेटेको हो ।

पार्टीले गरेको कारवाहीलाई कानून बमोजिम अघि बढाउन एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ।

एमालेले माधव नेपालसहितका १४ सांसदलाई साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट निष्कासन गरेको छ। सो पत्र भदौ १ गते निर्वाचन आयोग र संसद सचिवालयमा पठाइएको छ।

Back to top button