जिर्णोद्धार गरिएको कुम्भेश्वर मन्दिरमा प्रधानमन्त्री देउवा दम्पतीद्धारा पूजाअर्चना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाटनमा रहेको कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गर्नुभएको छ ।

वि. स. २०७२ को भुकम्पले क्षतिग्रस्त मन्दिर परिसरमा रहेको कुम्भेश्वर महादेव र गजुरको पुन निर्माण सम्पन्न भएपछि पुजा गरी प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको हो ।

बैशाख १२ र २९मा आएको भुकम्पले मन्दिरको तीन तला क्षतिग्रस्त भएको थियो । करिब २ करोड ८२ लाख रुपियाँ लागतमा जिर्णोद्धार सम्पन्न भएको हो ।

बिहान ११ बजेको शुभ साइतमा प्रधानमन्त्री र पत्नी आरजु देउवा राणाले पुजा अर्चना गर्नुभएको छ ।

Back to top button