बागमती प्रदेश प्रमुखमा शर्मा नियुक्त

काठमाडौ। बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुत्त हुनुभएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आज प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख गरिएको छ ।

यस्तै राष्ट्रपतिले केपी ओली सरकारले नियुक्त गरेको विष्णु प्रसाद प्रसाईलाई पदमुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख अनुसार प्रसाईलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।

Back to top button