एशियाली टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट

काठमाडौं । कतारमा आयोजना हुने २५औँ एशियाली टेबलटेनिस प्रतियोगिताका लागि नेपालबाट ६ जना खेलाडी छनोट भएका छन । अखिल नेपाल टेबलटेनिस संघले तिन तिन जना महिला/पुरुष खेलाडी छनौट गरेको हो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने छनोट प्रतियोगिताबाट पुरुष तर्फ नेपाल प्रहरीका विनेश खनियाँ, काठमाडौंका अमरलाल मल्ल र प्रहरीका स्यान्टु श्रेष्ठ छनोट भएको संघका प्रथम उपाध्यक्ष धम्रमान बज्राचार्यले जानकारी दिनुभयो ।

यसैगरी पुरुष तर्फ वैकल्पिकमा एभीएम टेबलटेनिस क्लबका सन्योग कपाली र विलोश श्रेष्ठ छनौट हुनुभएको छ ।

त्यस्तै महिला तर्फ एपीएफकी सिक्का सुवाल, एभीएमकी इभाना थापा मगर र प्रहरीकी एलिना महर्जन छानौट हुनुभएको हो । महिला तर्फ वैकल्पिकमा नेपाल आर्मीकी रविना महर्जन र एभीएमकी वियङ्का राई रहनुभएको छ ।

प्रतियोगिता दोहामा आगामी असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुनेछ ।

Back to top button