नेकपा समाजवादीको विराटनगरमा पेशाकर्मीको भेला

विराटनगर । नवगठित नेकपा एकीकृत समाजवादी पार्टीले आफना गतविधिलाई तिब्र बनाउन थालेको छ । नेकपा एमाले वाट अलग भएर नयाँ पार्टी बनाएको समाजवादिले आफ्नो गतिविधिलाई तीब्र बनाउन थालेको हो ।

उक्त पार्टीले आफू समर्थित विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मीको विराटनगर महानगरपालिकाको भेला  सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले पार्टी नेतृत्वले एकताका सबै ढोका बन्द गरेकोले अर्को पार्टी निर्माणगर्नु परेको बताउनु भयो । उहाँले नेपालको कम्युनिष्ट पार्टीलाई एकलौटी कब्जागर्ने, बद्नाम गर्ने एवम् समाप्त पार्ने कोशिस भएपछि आफूहरुले बाध्य भएर विद्रोह गरेको बताउनु भयो ।
पेशाकर्मीहरुको तर्फबाट हिक्मत बस्नेत, सञ्जु साह, भीम बस्नेत,देवी पन्थी, कोषराज न्यौपाने, डा.उद्धव पोखरेल मणि दाहाल, लोचन राई, मृत्युन्जय झा, चन्द्रवीर राई, पारुल क्षेत्री, अनेरास्ववियुका सह अध्यक्ष वसिम आलमलगायतले पार्टी पुनर्गठन अभियानको पक्षमा विचार व्यक्त गर्नु भएको थियो ।

Back to top button