हाँस्य कलाकार बखतेको निधन

विराटनगर ।वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। कोरोना संक्रमण भएर लामो समयदेखि उपचाररत थापाको शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा निधन भएको जीवन थापाले जानकारी दिनुभयो ।

अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भएको हो।

६४ वर्षे थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गर्नुभएको थियो  केही ठूला पर्दाका​चलचित्र र विज्ञापनमा पनि उहाँ देखिँदै आउनु भएको थियो

थापाका श्रीमती, एक छोरो र एक छोरी छन्।

Back to top button