ब्राउन सुगर सहित दुई जना पक्राउ

विर्तामोड। झापा बिर्तामोड ९ स्थित देवकोटा चौकबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले झापा बिर्तामोड ८ का २० बर्षीय गोपाल बिश्वकर्मा र ईलाम माई ६ घर भई हाल बिर्तामोड ८ मा रहेको डिडिआर फार्मेसी संचालक २० बर्षीय भिष्म वुढाथोकीलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय अनारमनीले उनिहरुलाई ब्राउन सुगर ५ ग्राम ५१० मिलिग्राम सहित प्रकाउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Back to top button