एमालेमै रहेको वामदेवको प्रष्टीकरण

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू नेकपा (एमाले)मा नै रहेको बताउनुभएको छ ।

एमाले छोडेर माधव नेपाल नेतृत्वको दलमा गएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आएको भन्दै उपाध्यक्ष गौतमको सचिवालयले यसमा कुनै सत्यता नहरेको प्रष्टीकरण दिएको हो । गौतमको सचिवालयले यस्ता समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीले गौतमको फोटो राखेर ब्यानर प्रकाशित गरेकोमा सचिवालयले आपत्ति जनाएको छ ।

गौतमको सचिवालयले भनेको छ ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क। वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ। नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होईन।’

एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम अहिलेसम्म एमालेमा नै रहेको प्रष्टीकरण दिइएको छ।
सचिवालयमार्फत् जारी विज्ञप्‍तिमा नेतृत्वको कार्याशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा भने दोहोर्‍याएका छन् ।

Back to top button