माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज, प्रदेश १ मा विवाद

काठमाडौं । माओवादी केन्द्रले पार्टी संगठन गतिविधि बडाउँदै आज प्रदेशहरुको इन्चार्ज तथा पदाधिकारी तोकेको छ । केन्द्रको स्थायी कमिटी बैठकले प्रदेश १ बाहेकका ६ वटा प्रदेशमा इन्चार्ज तोकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । प्रदेश १ मा इन्चार्जका लागि विवाद देखिएकोले अहिलेलाई थाति राखिएको हो ।

प्रदेश २ मा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशमा खगराज भट्टलाई इन्चार्जको जिम्मेबारी दिने निर्णय गरेको छ ।

प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की र सावित्री काफ्लेमध्ये एक जनालाई तोक्ने माओवादीका एक नेताले बताए । माओवादीलेप्रदेश कमिटीलाई आ–आफ्ना प्रदेशका जिल्लाहरुमा जिल्ला समन्वय समितिको संयोजक चयन गर्ने जिम्मेबारी दिएको छ ।

Back to top button