प्रदेश सरकारले गर्दैनन् बजेट कार्यान्वयनको समिक्षा

विराटनगर । प्रदेश सरकारले बजेट कार्यान्वयनको नियमित अनुगमन तथा समिक्षा नगर्ने गरेको महालेखाले औल्याएको छ ।

बजेट कार्यान्वयनको अनुगमन र समिक्षा गरी क्षेत्रगत उपलब्धी सूचकसहितको प्रगति विवरण, काम सम्पन्न हुन नसकेकोमा आइपरेका समस्या र कारण उल्लेख गरी प्रत्येक महिनाको ७ गते भित्र प्रगति विवरण पठाउनु पर्ने व्यवस्था छ । तर प्रदेश सरकारले त्यो पठाएको नदेखिएको प्रतिवेदनमा भनिएको छ ।

Back to top button